प्रतिगामी शक्तिहरूले टाउको उठाउन थाले: माधवकुमार नेपाल

तातोखबर, काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको टिप्पणी गरेका छन्।
पार्टीको केन्द्रीय कमिटीको सातौं बैठक उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान र व्यवस्थामाथि धावा बोल्ने काम भइरहेको बताए।
विगतमा संसद विघटन हुँदा आफूहरूले संविधान बचाएको स्मरण गर्दै नेपालले अहिले पनि आफूहरु गम्भीर बन्नुपर्ने बताए।
‘प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । देशविदेशका विभिन्न शक्तिहरुले षडयन्त्रका तानाबाना बुनिरहेका छन्।’ नेपालले भने, ‘हामी फेरि गम्भीर बन्नुपर्ने अवस्था आएको छ।’
संविधान, राष्ट्रियता, सुशासनका पक्षमा भएका शक्तिहरूलाई मिलाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु