एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

तातोखबर, काठमाडौँ : संघीय संसद सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ । सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि कोइरी सांसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
जिल्ला अदालतको आदेशको प्रतिलिपिसहित निलम्बन फुकुवाको निवेदन आज (आइतवार) दिउँसो संसद सचिवालयमा पुगेपछि कोइरीको निलम्बन फुकुवा गरिएको संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस