इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु

तातोखबर : इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो ।

इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ ।

Advertisement:

गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ। ५३ हजार ३२० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application