नेपाल सुपर लिगको पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा

तातोखबर, काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यो खेलमा जित निकालेमा ऊ सोझै फाइनल पुग्नेछ।

Advertisement:

सात खेलबाट १२ अंक सहित धनगढी लिग तालिकाको दोस्रो स्थानमा छ । ऊ पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ। धनगढी पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न दाउमा हुनेछ ।

दशरथ रंगशालामै हुने अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन् ।

चौथो स्थानको झापा शुक्रबारको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यो खेल जितेर उसलाई शीर्ष चारमा स्थान पक्का गर्ने अवसर छ ।

तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा रहनेछ । उसको दाउ झापालाई प्लेअफ खेल्नबाट रोक्नु पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application