त्रिभुवन विश्वविद्यालयले राख्यो विश्व रेकर्ड

genis-book-of-world-record-tribhuwan-university

तातोखबर, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको विश्व रेकर्ड कायम भएको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ ।

यस वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

Advertisement:genis-book-of-world-record-tribhuwan-university

आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का प्रतिनिधि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application