नेकपा (एकीकृत समाजवादी)को विधान संशोधन हुँदै



तातोखबर, काठमाडौँ : माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विधान संसोधनसम्बन्धी प्रस्ताव पेस भएको हो।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको छ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख, उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो।

सोही समितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताएका छन्। उनले समितिका तर्फबाट आजको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको र प्रस्तावउपर आज छलफल भएको बताएर उनले प्रस्तावमाथिको छलफल मंगलवारको सचिवालय बैठकमा पनि जारी रहने बताए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको