नेकपा (एकीकृत समाजवादी)को विधान संशोधन हुँदै

तातोखबर, काठमाडौँ : माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विधान संसोधनसम्बन्धी प्रस्ताव पेस भएको हो।
सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको छ।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख, उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो।
सोही समितिले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताएका छन्। उनले समितिका तर्फबाट आजको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको र प्रस्तावउपर आज छलफल भएको बताएर उनले प्रस्तावमाथिको छलफल मंगलवारको सचिवालय बैठकमा पनि जारी रहने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस