थापाथलीमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ – काठमाडौंमा एक जना पुरुषको शव फेला परेको छ । थापाथली चोकको सडक पेटीमा आज बिहान ६ बजे शव फेला परेको हो ।
थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
मृत भेटिएका व्यक्तिको पहिचान हुन नसकेको उनले बताए । त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको छ ।
उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस