नेपाल दूरसञ्चार प्राधिकरणले तीन सेवाप्रदायकको अनुमतिपत्र खारेज गर्यो

telecom-authority-nepal-tatokhabar

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणले सूचना गर्दै युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो।

युटिएलले २०६० कात्तिक ५, म्याक्स नेट प्रालिले २०७५ मंसिर ६ र चितवन नेटवर्क प्रालिले २०७५ मंसिर १२ गते इमेलसहित इन्टरनेट सेवा अनुमतिपत्र पाएका थिए।

Advertisement:telecom-authority-nepal-tatokhabar

अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नवीकरणवापत दस्तुर दाखिला गरी निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार ती सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस् :