पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी खारेज



imran-khan-pakistan-formar-pm

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ ।

खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोग (ईसीपी)ले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको हो ।

यसले उनको पार्टी पीटीआईलाई ठूलो झड्का लागेको पाकिस्तानी सञ्चारमाध्यम  ‘डन’ले जनाएको छ।  ईसीपीका अधिकारीहरूले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको दुई राष्ट्रियसभा सीट (लाहोर एनए-१२२) र मियाँवाली एनए (८९) को लागि उम्मेदवारीपत्र अस्वीकार गरेका हुन् ।

उनको उम्मेदवारी दर्तामा पनि आपत्ति जनाइएको छ। इमरानका प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रका थिएनन्। इमरानलाई तोशाखाना मुद्दामा पाँच वर्षका लागि अयोग्य ठहर गरिएको थियो ।​

इमरान खान र उनका पार्टीका वरिष्ठ सहयोगी तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी मे ९ को दंगादेखि गिरफ्तारीमा छन्। पाकिस्तानको एक अदालतले मे ९ मा सैन्य प्रतिष्ठानमा भएको आक्रमणसँग सम्बन्धित नयाँ मुद्दामा कुरेशीलाई डिसेम्बर २८ मा १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो ।​

कुरेशीको दुई मुलतान सिट र थारपार्कर सीटबाट गरिएको उम्मेदवारी दर्ता पनि अस्वीकार गरिएको छ । पूर्व संघीयमन्त्री तथा पीटीआई नेता हम्माद अजहरको उम्मेदवारी पत्र पनि अस्वीकृत भएको छ ।

अस्वीकृत हुने अन्य नेतामा मुराद सईद, साहिबजादा सिगेबुल्लाह, डा। अमजद खान, फजल हकिम खान, मियाँ शराफत र सलीम उर रहमान छन्  ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको