मिसन ८४ जनताको र हरेक नेपालीको मिसन : ओली

kp-oli-mission84

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताएका छन्।

बिहीबार एमालेको मध्यपहाडी संकल्प यात्रा अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको बताए।

Advertisement:kp-oli-mission84

उनले कांग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको बताए ।

उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए।

उनले भने, ‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो। समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ। त्यो मिसन ८४ जनताको मिसन ८४ हो। नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो। तर मिसन ०८४ नेपालको मिसन ०८४ हो। नेपालीको हो। नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ। यो अवस्थालाई रोकेर नेपाली काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर।’ अध्यक्ष ओलीले दिनदिनै देश ओरालो तिर लागिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application