आफ्नै छोराको कुटाईबाट आमाको ज्यान गयो

हेटौंडा – आफ्नै छोराको कुटाईबाट भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ खावाकी ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेका थिए ।

Advertisement:

सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्त सन्देशलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस् :