सौतेनी छोराको कुटाईबाट सन्तमायाको मृत्यु



हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा सौतेनी छोराको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । डिल बहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षकी सन्तमाया चेपाङलाई उनकी सौताकी छोरा २६ वर्षीय ईन्द्रबहादुरले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

गत कात्तिक २७ गते घटना भएकोमा गम्भीर घाइते सन्तमायाको उपचारको क्रममा चितवनको भरतपुर अस्पताल लगिएकोमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसारख कुटपिटमा संलग्न ईन्द्रबहादुरलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ