हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने

मकवानपुर – हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा १० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा पौष २ र ३ गते घरेलु उत्पादन प्रदर्शनी तथा र्नत्य प्रतियोगिता गर्न लागिएको सोमबार पत्रकार सम्मेलन मार्फत १० नम्बर वडा अध्यक्ष फुर्वा र्दोजे लामाले जानकारी दिए ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाइ ३५ हजार , तेस्रो हुनेलाइ २० हजार र सात्त्वना पुरस्कार बापत चार जनालाई ५ हजार दिइने छ ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, उत्पादित वस्तु स्वरोजगार सिर्जनामा सहयोग पुर्याउनुको साथै स्थानीय जातजातिका भेषभुष झल्काउने र संस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले समेत कार्यक्रमको आयोजना गरेको अध्यक्ष लामाले जानकारी दिए ।
दुई दिन सम्म हुने मेलामा घरेल उत्पादनका विभिन्न ३० वटा स्टलहरु राखिने छन् । स्टलहरु निशुल्क व्यवस्था गरिनुको साथै व्यवसायि र सहभागीहरुलाई यातायातको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ । २०८० ८१ को लागि छु्ट्याइएको ५ लाख बजेटबाट कार्यक्रम गर्न लागिएको हो ।
प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउन तयारी मूल समिति र विभिन्न ६ वटा उप समितिहरु बनाइएको छ ।
१० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति , उद्योग बाणिज्य संघ, जाल्पा देवी महिला उद्यमी केन्द्र स्थानिय कल्व, आमा समूह,विद्यालय लगायत विभिन्न संघ संस्थाहरुको सअकार्यमा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस