नेपाली रङ्मञ्चमा नदेखिएको प्रभावशाली कलाकार सुशीला निरौला ‘बिमली’

bimali-shusila-niraula

काठमाडौं, २५ जेठ /  पछिल्लो समयमा विश्वमा विकास भएका प्रविधि, सञ्जाल र प्रयोगले कलाकारहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र आयआर्जन गर्न थुप्रै अवसर प्राप्त भईरहेको बताउँछिन् नेपाली रङ्गमञ्चमा ‘बिमली’ नामले चिनिने सुशीला निरौला । आफूले रङ्गकर्ममा प्रवेश गर्दा चलचित्रहरुमो सामूहिक नृत्यका लागि नगन्य पारिश्रमिक लिएर थोरै अवसरमा पनि चित्त बुझाउनु पर्ने अवस्था फेरिएर अहिले नयाँ युग सुरु भएको उनको बुझाई छ ।

कलात्मक प्रतिभामा आधारित प्रस्तुति तयार पारी यसको प्रचार प्रसार गर्न विश्वभर प्रयोगमा आएका इन्टरनेट सामाजिक सञ्जाल प्रचलनमा रहेकोले कुनै ठूला मिडियाको आवश्यकता नरहेको पनि उनको दावी छ । कला क्षेत्रमा अब नयाँ योगदान प्राप्त भईरहेको पनि कलाकार सुशीला निरौला बताउँछिन् । यसका उदाहरणका रुपमा वर्तमान अवस्थामा लोकप्रिय बन्दै गएका फेसबुक, लिङ्क्डइन, युट्युब च्यानल, नेटफ्लिक्स, आईफ्लिक्सलगायतका सोशियल साईटहरुबाट प्रदर्शन हुदै आएका धारावाहिक टेलिचलत्रिहरु र म्युजिक भिडियोहरुलाई लिन सकिने उनको भनाई छ ।

Advertisement:bimali-shusila-niraula

चलचित्रहरुमा सामूहिक नर्तकीका रुपमा नृत्य गर्दै विभिन्न नृत्य प्रशिक्षण केन्द्रहरुमा प्रशिक्षिका बनेरसमेत काम गरेकी सुशीला निरौला ‘विमली’को बाल्यकालको बोलिचाली, हाउभाउ र चरित्र कलात्मक लागेपनि त्यहि स्वभाव र चरित्रलाई रङ्मञ्चमा उपयुक्त हुने विषयमा आफ्ना अभिभावकहरु अनभिज्ञ रहेको उनी बताउँछिन् । किशोरावस्थामा आफैंले पनि कलाकार बन्ने सपना नदेखेकी कलाकार सुशीला रङ्गमञ्चमा अवसर दिन सक्ने माध्यमको पहुँचमा नभएकाले त्यस विषयमा त्यतिबेला आफूमा सोच नबनेको प्रष्ट पार्छिन् ।

विद्यालयमा अध्ययन गर्ने क्रममा त्यहाका अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन गरिने सांस्कृतिक प्रतियोगितालगायतका कार्यक्रमहरुमा भाग लिएर कलात्मक नृत्य र अभिनय प्रस्तुत गरेर उत्कृष्ट स्थान हासिल गरी प्राप्त गरेका पुरस्कारहरुले आफूलाई पढाइ खर्च पुग्ने गरेकोमा उनी गर्व गर्छिन् । कलाकार सुशीला निरौलालाई मञ्चहरुमा नृत्य र अभिनयमा मात्रै नभएर सुमधुर गायन प्रस्तोताका रुपमासमेत श्रोताहरुले चिन्ने गरेका छन् ।

विद्यालयको पाठ्यक्रममा नृत्य र अभिनयका विषयहरु राखिएको भए त्यसमा अध्ययन गर्न आफूलाई सहज हुने उनको बुझाई छ । आफ्नो अभिरुचिभन्दा फरक पाठ्यक्रममा अध्ययन गर्दा पढाईको गुणस्तर कहिल्यै विकास हुन नसक्ने रङ्गकर्मी सुशीला निरौला दावी गर्छिन् । बाल्य अवस्थामै पढ्ने र टिभी हेर्ने कोठामा किताबका पाना पल्टाएर पढेको जस्तो देखाउँदै बाबुआमालाई ढुक्क पार्ने तर आफू भने ढोका थुनेर नृत्यमा अभ्यास गर्ने गरेको रमाईला घटनाहरु पनि उनी स्मरण गर्ने गर्छिन् ।

विद्यालयमा अध्ययन गर्ने क्रममा आफ्नो अध्यन क्षमता कमजोर भएपनि कला र प्रतिभाले शिक्षक शिक्षकालाई प्रभावित पार्न सक्ने भएकाले उनलाई कुनै कक्षाको परीक्षाहरुमा असफलता ब्यहोर्नु नपरेको कलाकार सुशीला निरौला बताउँछिन् । आफूले पहिलो पल्ट नृत्यमा औपचारिक प्रशिक्षण लिएको डिल्लीबजार काठमाडौंमा चलचित्रका नृत्य निर्देशक प्रवेश वान्तवाद्वारा सञ्चालित हिमालय कला मन्दिरबाट आफूले अहिले प्राप्त गरेको नाम र प्रतिष्ठाको उठान भएकोमा उक्त प्रतिष्ठानलाई कहिल्यै विर्सन नहुने ठान्छिन् उनी । आफू बाल्यकामा छँदै घरमा भएको श्यामश्वेत टेलिभिजनमा आउने कलात्मक प्रस्तुतिहरुमा कलाकारहरुले प्रदर्शन गर्ने नृत्य र अभिनय हेरेर निकै प्रभावित बन्न पुगेकी उनी त्यसैगरी आफ्नो कला प्रस्तुत गर्ने पखाईमा निकै लामो समय ब्यतित गरेको र तिनै प्रस्तुतिहरुलाई पच्छ्याउदै अहिले प्राप्त गरेको गन्तव्य निर्धारण गर्न पुगेकी सुशीला कलाकारहरुले अभ्यासलाई बढी महत्व दिनु पर्ने अनुभव सुनाउछिन् ।

भवननिर्माणकर्मी पिता र गृहिणी माताको कोखबाट काठमाडौं महानगरभित्रको ज्ञानेश्वरमा जन्मिएकी उनि सयौं म्युजिक भिडियोहरुमा हास्य व्याङ्गात्मक भूमिकामा देखा पर्दै आएकी छिन् भने उनले अभिनय गरेका धाराबाहिक टेलीचलचित्रहरु पनि थुप्रै रहेका छन् । विशेषगरी उनी दर्शकहरुमाझ निकै नै लोकप्रिय रहेको टेलिचलचित्र ‘मेरी बास्सै’ र ‘तितो सत्य’ मार्फत आम दर्शकहरुको नजरमा परेकी हुन् । उनले नेपाली रङ्गमञ्चमा पु¥याउदै आएको योगदानको कदरस्वरुप विभिन्न सङ्घसंस्थाहरुबाट असङ्ख्या प्रशंसापत्र तथा पुरस्कारहरु प्राप्त गर्दै आईरहेकी छिन् ।

दुई दाजुभाईका दुई दिदी वहिनीमध्ये जेठी चेलीका रुपमा जन्मिएकी उनी कला क्षेत्रमा प्रवेश गर्नुअघि पनि यसै क्षेत्रमा सुहाउने हाउभाउ देखाउने गरेको उनको स्वभाव, आनिवानी र व्यहार रङ्कर्मका लागि उपयुक्त हुने ठानेर विद्यालयमा पढ्दै गर्दा उनका दाजु कुमार निरौला र विमलीकै भानिजदाई दुर्गा भण्डारीले नृत्य पाठशालामा प्रशिक्षणका लागि भर्ना गरिदिएपछि उनी नेपाली नृत्य कला र हास्यब्यङ्गात्मक अभिनयको बेजोड प्रस्तुतिहरु दिएर आमदर्शकहरुको मनमन्मा बस्न सफल भएकी हुन् । चक्चके स्वभावमा बाल्यकाल पार गरेकी उनी अहिले चलचित्र तथा श्रव्यदृश्य सांगीतिक अभिनयहरुमा पनि त्यस्तै चरित्र झल्कने गरेकोले उनलाई चलचित्र निर्देशकहरुले यस्तै किसिमका भूमिकामा अभिनय गर्ने अवसर दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application