शेयर खरिद बिक्रिको कागजात एनसेलले लुकायो

Ncell-axiata-company

तातोखबर, काठमाडौं । शेयर खरिद बिक्रि सम्बन्धी कागजात एनसेलले नेपाल दुरसञ्चार प्राधिकरणलाई उपलब्ध नगराएपछि पुनःतोकता गरेको छ ।

११ दिन अघि आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपाली मुलका व्यवसायीको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको थियो ।

Advertisement:Ncell-axiata-company

शेयर खरिद बिक्री गर्दा प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो ।

तर हाल सम्म पनि शेयर खरिद विक्रिको सम्पूर्ण कागजात प्राधिकरणले प्राप्त गरेको छैन ।

२ साता सम्ममा पनि कागजात प्राप्त नभएकाले पुनः एनसेललाई पत्र लेखेर कागजात उपलब्ध गराउन भनिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application