बिरामी लिएर आएका एम्बुलेन्समा चरेस, चालक पक्राउ

धनगढी – बिरामी बोक्ने एम्बुलेन्सका चालक धनगढीमा चरेससहित पक्राउ परेका छन्। धनगढीको बोराडाँडीमा एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्। बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनलाई धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।
केदास्यु गाउँपालीकाको एम्बुलेन्समा चरेस सहित चालक पक्राउ परेका छन । उनि विगत देखि नै जनप्रतिनिधिको मिलोमतोमा चरेस बोक्दै आईरहेको प्रहरी स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस