पाहुना लाग्न गएकी युवतीकाे मृत्यु
मकवानपुर । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा राखिएकाे छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

