सरकारले बिकास निर्माणको काममा ध्यान केन्द्रीत गर्न सकेन: ओली

नुवाकोट, काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले बिकास निर्माणको काममा ध्यान केन्द्रीत गर्न नसकेको आरोप लगाएका छन्।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले बिकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसेकेको आरोप लगाएका हुन्।

Advertisement:

उनले टोखा छहरे सुरुङमार्ग लगाएत रेलमार्गका बिषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले बिलम्व भएको जिकिर गरे। ओलीले एमाले सरकारमा नभएपछि बिकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए ।

उनले नेपाल स्वाधिन स्वतन्त्र देश भएकाले आफैले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि बिमान उठाउन सरकार डराइरहेको उनले बताए । ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application