नेप्सेमा सर्किट ब्रेक, ६ प्रतिशतले बढेपछि आजको कारोबार रोकियो

nepse-circuit-break

काठमाडौं, तातोखबर । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजको कारोबार बन्द भएको हो ।

पहिलो पटक ११ः०५ मै चार प्रतिशतले बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले बृृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो । तेस्रो पटक बजार खुलेको केही समयमै थप १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेको हो ।

Advertisement:nepse-circuit-break

आज १३ बटै उपसूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावपर उपसूचक सर्वाधिक ८.६३ प्रतिशतले बढेको हो । त्यस्तै, बैंकिङ उपसूचक ५.६८, विकास बैंक र फाइनान्स उपसूचक ६.५९ प्रतिशतको उछाल आएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application