नारायण गोपालको घरलाई संग्रहालयको रुपमा विकास गरिने
मकवानपुर – मंगलबार स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइयो । स्मृति सभामा नारायणगोपालका कालजयी गीतलाई कलाकारले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नारायण गोपालको महाराजगञ्जस्थित घरलाई संग्रहालयको रुपमा विकास गर्ने जानकारी दिइयो । उनका नीजि प्रयोग सामग्रीदेखि सांगीतिक उपकरणलाई जतन गरेर त्यहाँ संग्रहालय बनाउन लागिएको जनाइएको छ ।
उक्त घरमा अहिले नारायण गोपालसँग सम्बन्धित सामग्रीको अभिलेखीकरण भैरहेको छ । अहिले उक्त घर नारायण गोपाल संगीत कोषको स्वामित्वमा छ । १९९६ साल असोज १८ गते राजधानीको किलागलमा जन्मिएका गायकले आफ्नो रचनात्मक समय चाहिँ उक्त घरमा बिताए ।
गीत गंगा संगीत प्रशिक्षण विद्यालय निर्माण गर्ने सपना नारायणगोपालको थियो । केही वर्षसम्म त्यहाँ संगीत प्रशिक्षण पनि हुन्थ्यो । तर, अहिले कोषले जिम्मा लिएर उक्त घरलाई संग्रहालयको रुपमा विकास गर्न काम गरिरहेको छ । नारायणगोपालकै निधन भएको वर्षमा पत्नी पेमलाले २२ आनामा रहेको उक्त घर कोषलाई प्रदान गरेकी थिइन् ।
कोषकी अध्यक्ष उषा शेरचनले उक्त घरलाई संगीतप्रेमीको मन्दिरको रुपमा विकास गर्ने काम भैरहेको बताइन् । ‘यहाँ निरन्तर गीत संगीत बजिरहोस् । अकेष्ट्राका ग्रुपहरु यहीँ तयार होस् भन्ने उहाँहरु दुबैजनाको चाहना थियो’ उनले भनिन्, ‘कोष यसलाई संग्रहालयमार्फत जीवन्त राख्न चाहन्छ ।’
कोषका महासचिव दीपक केसीले पनि संगीतप्रेमीको मद्दतबाट कोष र संग्रहालय चल्ने विश्वास व्यक्त गरे । उनका अनुसार नारायणगोपालले प्रयोग गरेका अन्य सांगीतिक उपकरण र सामान पनि कोषले खोजिरहेको छ । भेटिएपछि संग्रहालयमै राखिने जनाइएको छ ।
यससँगै कोषको पहल र काठमाडौं महानगरपालिकाको अर्थ सहयोगमा घर नजिक नारायणगोपाल संगीतमय गीतगंगा भवन पनि निर्माण भैरहेको छ । यो भवनमा संगीत सिकाइ र प्रशिक्षण कार्यक्रम हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

