खुकुरी प्रहार गरी छिमेकीको हत्या

सुनसरी – सुनसरीमा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ शान्तझोडा बस्ने ४० वर्षीय सन्तोष राई रहेका छन् । स्थानीय ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडीबाट खुकुरीले प्रहार गर्दा पुरी गम्भीर घाइते भएकी थिइन् ।
उनको रहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात् थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले राईलाई खुकुरीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस