मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं – मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

कम्पनीका अनुसार, उक्त आईपीओको लागि परेको कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएका छन् ।

Advertisement:

आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । कम्पनीले खुलाएको ११ लाख ४८ हजार कित्ता सेयरमध्ये २ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको थियो । कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

कम्पनीले बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application