प्रतिकित्ता ५० का दरले- हाथवे इन्भेष्टमेन्टको सर्वसाधारणलाई आईपीओ



ipo : alart - market

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ ।

बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी

हेटौंडा – लागूऔषध गाँजा सहित सर्लाहीको बागमतीबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय