तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार फुकुवा
तातोखबर, काठमाडौँ । तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरणसम्बन्धी सम्झौताका सर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश घोषणा गर्ने निर्णय मंसिर १६ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई कात्तिक १७ गते ५ः१५ बजे पठाएको थियो । धितोपत्र सूचिकरण नियमावली अनुसार धितोपत्र मुल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धीत सूचिकरण संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले उक्त नियमावली व्यवस्था पालनमा नगरेको भन्दै नेप्सेले कम्पनीलाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियाे ।
होटल्स हिजै मानवीय त्रुटिका कारण त्यस्तो हुन गएको र आइन्दा यस्ता गल्ती नदोहोर्याउने भन्दै नेप्सेसमक्ष स्पष्टीकरण पेस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

