रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु, एक युक्रेनमा बन्धक

काठमाडौँ – रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।

Advertisement:

त्यस्तै रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ । सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application