भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिइने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि एकमुस्ट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि सो रकम उपलब्ध गराइने घोषणा गरेका हुन् ।

Advertisement:

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे ।

अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application