मेरिना इम्पेक्सले प्रभु क्यापिटलका ग्राहकका लागि विशेष छुट दिने

prabhu-capital-merina-impex-and-tailoring

काठमाडौं : मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टर र प्रभु क्यापिटल लिमिटेडका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्।

Advertisement:prabhu-capital-merina-impex-and-tailoring

सम्झौताअनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्। यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्नसक्नेछन्। मेरिना ईम्पेक्सले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ। प्रभु क्यापिटल र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

“प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यावसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा दिन समेत कम्पनी सधैँ अग्रसर रहेको छ, प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले बताए।

मेरिना ईन्पेक्सले सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सूट र शूर्टिंग टेलरिङ हो। मेरिना इम्पेक्सले ग्राहकलाई सूट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछ।

मेरिना इम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाँउदो कपडा सिलाउनलाई सुझाव दिने गर्दछ।

प्रतिक्रिया दिनुहोस् :