२०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्रभु बैंकलाई

काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। फाइनान्स कम्पनीबाट विकास बैंक हुँदै वाणिज्य बैंकमा स्तरोन्नति भएको प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।
प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्ड दिइएको हो।
अवार्ड ग्रहण पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताएका छन् । उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे ।
यस्तै, अध्यक्ष सिटौलाले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन्।
‘वर्तमान र्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ,’ उनले भने।
पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ। पत्रिकाले २४ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस