विश्व समुदायबाट सहयोग आउने आशा लिएर फर्किए प्रधानमन्त्री

काठमाडौं, १८ मंसिर / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्लेलनमा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व समुदायबाट सहयोग आउने आशा लिएर स्वदेश फर्किएका छन् । दुवईको ५ दिने भ्रमण सकेर हिजो साँझ प्रम दाहाल स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएलगतै विमानस्थलमै आमसञ्चारकर्मीहरुसँग कुरा गर्दै युनाईटेड अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन पुगेका प्रम दाहालले विश्वका धनी राष्ट्रहरुसँग नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउन प्रस्ताव राखेको र आफ्नो प्रस्तावलाई ती मुलुकका प्रतिनिधिहरुले सकारात्मक रुपमा लिएको बताए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले एक प्रकारको तरङ्ग उत्पन्न गरेको पनि उनले सुनाए ।
‘नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको छ’ प्रधानमन्त्री दाहाले भने ‘ सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भयो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा म ढुक्क छु ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस