कांग्रेस जिल्ला भेला पुस ३ गते, तयारी तीब्र

मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले जिल्ला भेलाको तयारी तीब्र पारेको छ ।पुस ३ गते हेटौंडामा हुने जिल्ला भेलाको तयारी पार्टीले तीब्र पारेको हो ।
पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि आव्हान गरिएको जिल्ला भेलाको तयारी तीब्ररुपमा अगाडि बढाइएको हो ।
सम्मेलनका विषयमा हेटौंडा–२ स्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रतिनिधि, शुभेच्छुक र भातृ संगठनका अगुवाबीच छलफल भएको छ । पार्टी जिल्ला सचिव भीमसेन महतको सभाध्यक्षतामा भएको छलफलमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापति दामोदर खनाल तथा पार्टी जिल्ला सदस्यद्वय अर्जुन चौलागाईं तथा खेमराज सापकोटा एवम् पार्टी शुभेच्छुक तथा भातृ संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पार्टी सचिव भीमसेन महतले जिल्ला भेलाको तयारीको विषयमा छलफलमा जानकारी गराएका थिए । उनका अनुसार भेलामा करिब दुई हजार जनाको उपस्थिति रहनेछ । करिब १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको त्यसका लागि स्रोत व्यवस्थापनको तयारी भइरहेको बताए । उनका अनुसार पार्टीको वडादेखि, स्थानीय तह, क्षेत्र, संघ र जिल्लास्तरमा भेलाको विषयमा छलफल भइरहेका छन् ।
‘भेलालाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र सांगठनिक प्रतिवेदन तयार पार्ने भनेर छलफल भइरहेको छ ।’, उनका अनुसार जिल्लाभर भेलामा सहभागी हुनका लागि क्षेत्रीय प्रतिनिधि, पार्टी, भातृ र शुभेच्छुक संगठनका पदाधिकारीलाई अनुरोध गर्ने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस