कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। यसअघि गत मंसिर २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयानुसार उम्मेदवार सिफारिस गर्न प्रदेशहरुलाई परिपत्र भइ प्रदेशहरुबाट उम्मेदवारको नामावली केन्द्रमा सिफारिस हुन थालेको छ।
कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस