कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन आजबाट

बुटवल – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजबाट सुरु हुँदैछ । मुलुक प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीको बुटवलबाट सुरु हुन लागेको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सम्मेलनमा प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ जना महाधिवेशन प्रतिनिधि, २६ वटा संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, १२ जिल्लाका सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस