सरकारले देशमा व्यपार व्यवसाय गर्ने वातावरण विगारकोमा व्यवसायीको गुनासो
काठमाडौं, १५ मंसिर/ राज्यले अर्थतन्त्रलाई प्राथमिकतामा नराखेर सरकार टिकाउने रणनीतिमा लाग्दा देशभरका व्यवसायीहरुले चरम आर्थिक चिन्ता व्यहोर्न बाध्य भएका व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । राजधानीमा सञ्चालरत दैलो इभेन्ट्स प्रा.लि.का सञ्चालकले तातोखबरसँग यस्तो गुनासो ब्यक्त गरेका हुन् ।
राज्यको अर्थ नीति समयसापेक्षित निर्माण हुन नसक्दा देशबाट पलायन हुदै गएको युवाशक्तिसँगै अनुभवी ब्यपारी र व्यवसायीहरुपनि पलायन हुने दिन आएको टोखानगरपालिकाको ग्रीण्डल्याण्डमा सञ्चालनरत दैलो इभेन्टस् प्रा.लि.का प्रबन्ध निर्देशक तुल्सी लामिछानेले बताएका छन् । उनले अहिले आफू जस्ता कयौं व्यवसायीहरुले ब्यपार व्यवसाय बन्द गरेर विकल्प खोज्न थालेको जनाउ दिए ।
देशमा व्यपार व्यवसाय गर्ने वातावरण भङ्ग भईसकेको अनुभूति आफूमा भएको बताउदै नेपालमा आर्थिक मन्दीको असरले व्यवसायीहरुमा हतोत्साह बढीरहे पनि सरकारले व्यवसायीहरुलाई टिकाउने विषयलाई सम्बोधन नगरेर थप शोषणमा पार्ने नीतिहरु बनाउदै लगेको पनि उनले सङ्केत गरेका छन् । वर्तमान अवस्थामा उपभोक्ताहरुले खर्च गर्ने विषयमा निकै नै मितब्यियता अपनाउन थालेको पनि उनको भनाई छ । लामिछानेले उपभोक्ताको खर्च गर्ने क्षमता र मनस्थितिका कारण व्यवसायीहरुले गुणस्तरीय सेवा दिन नसक्ने अवस्था बढेर गएको पनि प्रबन्ध निर्देशक लामिछानेले उल्लेख गरे ।
देशको आर्थिक अवस्था समेत विगार्ने राजनीतिको अभ्यास हुदै आएको दृष्टिकोण प्रस्तुत गर्दै प्रबन्ध निर्देशक लामिछानेले भने ‘एयरपोर्ट चिनले बनाईदिन्छ, सडक भारतले बनाईदिन्छ, स्कुल अमेरिकाले बनाईदिन्छ, छानो यूरोपिएन मुलुकले छाईदिन्छ, हात धुने साबुनसम्म विश्व स्वास्थ सङठनले दिन्छ अनि देशमा अरबौ रकम रेमिट्यान्सबाट भित्रिन्छ, सरकार खरबौको सार्बजनिक ऋण लिन्छ, जनतालाई च्यापेर कर लिईन्छ तै पनि यो देश विश्वमा नै किन गरिब बन्यो ? मलाई सधै यहि प्रश्नले सताईरहन्छ !’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय