घट्यो नेप्से : मौद्रिक नितिको समिक्षाको आशमा लगानीकर्ता – म्युचुल फण्ड बाहेक सबै उपसूचक राता
तातोखबर, काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ ।
नेप्से ओरालो लाग्दा म्युचुल फण्ड बाहेक सबै उपसूचक राताम्मे भएको छ ।
कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजारमा आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेता पनि आज केही कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक प्रभाव छाएको छ । बिहीबार रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ५.६३ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, बिहीबार एनआइबिएल प्रगती फण्डको ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को ३.५२ प्रतिशत, एनआइसी एशिया फ्क्लेसी क्याप फण्ड लगायत ३२ कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
मौद्रिक नितिको समिक्षाको आशमा बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले बजार मा उत्साह नछाएको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस