पार्टीमा खराब प्रवृत्तिका व्यक्ति पनि भित्रिएको भन्दै तिनबाट सचेत हुनुपर्ने: रवि

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा खराब प्रवृत्तिका व्यक्ति पनि भित्रिएको भन्दै तिनबाट सचेत हुनुपर्ने बताएका छन्।
जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो औंल्याएका हुन्। अवसरको खोजीमा आएका त्यस्ता व्यक्तिले पार्टीको बदनाम गराउने संभावना बढी रहेको उनले उल्लेख गरेका छन्।

‘पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरू मध्ये अधिकांश असल, इमानदार र निष्ठावान् छन् तर केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ। फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ।’ लामिछानेले प्रतिवेदनमा लेखेका छन्‚‘अर्कोतर्फ, अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ। यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ। यसो भनिरहँदा, जुनसुकै पार्टीबाट आएका असल साथीहरूको निष्ठामा ठेस नलागोस् र मान मर्दन नहोस् भन्ने कुरामा म सचेत छु।’

Advertisement:

बेलैमा सचेत नहुने हो भने पुराना राजनितक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्ने उनले बताए । पार्टीमा राम्रा मान्छे आउन नदिन पार्टी भित्रैबाट प्रयास भइरहेको समेत उनले बताएका छन् ।

‘सामूहिक खेलमा आफ्नो टिमलाई जिताउने हो भने टिममा राम्रा खेलाडी हुनुपर्छ, राजनीतिमा पनि जित्ने हो भने हामीसँग राम्रा खेलाडी हुनैुपर्छ र राम्रा खेलाडी भित्र्याउन हामी अझै खुला हुनुपर्छ । सानो चित्त राखेर राम्रा खेलाडीको टिम बनाउन सकिन्न । र, राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई पनि भित्र्याउन सकिन्न । ’ लामिछानेले प्रतिवेदनमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application