एक लाखसम्म धनराशीको पुरस्कारसहित महानगरले बाँसुरी बादन प्रतियोगिता गर्ने

nepali-woman-playing-flute

(काठमाडौं, १३ मंसिर) / काठमाडौं महानगरपालिकाले २९ औं स्थापना दीवसको अवसरमामा महानरस्तरीय बाँसुरी बादन प्रतियोगता आयोजना गर्ने भएको छ । काठमाडौं महानगरले आगामी मंसिर २७ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

आफ्नो स्थापनाको अवसरमा पारेर आयोजना गर्न लागिएको उक्त बाँसुरीबादन प्रतियोगिताका लागि प्रतियोगी दर्ता फारम पनि वितरण शुर गरिएको जनाईएको छ । एक लाखसम्म धनराशीको पुरस्कारको घोषणा गरिएको उक्त प्रतियोगिता महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठ बताएकी छिन् ।

Advertisement:nepali-woman-playing-flute

टोल, गुठि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गरिएका र वडाहरुबाट सिफारिस गरिएका प्रतियोगी दर्ता फारमहरु मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने विभागकी प्रमूख श्रेष्ठले जानकारी दिएकी छिन् । उनकाका अनुुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (श्रृङ्गार) लगाउनुपर्ने र बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै बाँसुरी बजाउन सकिनेछ ।

प्रतियोगितामा सहभागी एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्ने र ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्ने बताईएको छ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने, त्यसो गर्न सम्भव नभए कम्तिमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनु समेत सहभागितासम्बन्धी शर्तमा उल्लेख गरिएको छ ।
२ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्ने छन् भने २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँने प्रतियोगिताको विषयमा जानकारी दिदै महानगरले जानकारी दिएको छ ।

प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्ने र ती धुनहरुमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्ने बताइएको छ । पहिलो प्रतियोगी आफैँले छानेको धुन बजाउन पाउने र दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्नेछ । एउटा धुन ५ मिनेटभित्र सक्नुपर्ने, ४ मिनेटमा संकेत बज्ने, यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइने साथै नेपाल भाषाकै गीत हुने पर्ने विधि रहेको समेत महानगरले जानकारी दिएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ र चाँदीको ठूलो बाँसुरी प्रदान गरिने, दोस्रो पुरस्कार एक लाख रुपैयाँ नगद र चाँदीको मझौला बाँसुरी र तेस्रोलाई ५० हजार रुपैयाँ नगदसहित चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ बताईएको छ । त्यसैगरी सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :