एनसेलको ८० प्रतिशत शेयर विक्रीमा



Ncell-axiata-company

काठमाडौं । मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको कम्पनीले आफ्नो सबै शेयर विक्रीमा राख्ने निणर्य गरेको छ ।
आजियाटा गु्रपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निणर्य भएको बताएका छन्।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै रहेको छ ।

एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ । पहिलेको जस्तो व्यापार अब नेपालमा नहुने संकेत पाएर आजियाटा बाहिरिन लागेको कुरा जानकारहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको