परिसूचक नेप्से १८९६ बिन्दुमा

मङ्सिर ११, तातोखबर / हिजो आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेर बजार परिसूचक नेप्से १८९६ बिन्दुमा झरेको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा केहि खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो । कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को भने घट्यो अन्य ६ कम्पनीको को स्थिर रह्यो । सबै क्षेत्रहरुमा उतारचढाव देखिएको छ ।
गिरावट समूहको गिरावट दर १ प्रतिशत को हाराहारीमा रहेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहमा भने १० अंकको वृद्धि भएको छ ।
यस दिन अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । अभियान लघुवित्तको ७.७, माथिल्लो मैलुङखोला जलविद्युतको ७.४, शुभम् पावर ६.१ र विशाल बजार कम्पनीको मूल्य ६.१, माईखोला हाइड्रोपावरको ५.६, रावा इनर्जीको ५.५ प्रतिशतले मूल्य बढ्यो ।
स्वाभिममान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घटेको छ भने थ्रीस्टार हाइड्रोपावरको ३.८,हिमालयन लघुवित्तको मूल्य ३.५ तथा स्वरोजगार लघुवित्तको ५.१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा भने सोनापुर सिमेन्ट, रिलायबल लाइफ इन्स्योरेन्स, प्रभु बैंक संस्थापक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस