मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा

हेटौंडा – गत शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ मा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र सुनाचुरी रेन्ज पोष्टबाट खटिएको प्रविधिक सहितको टोलीले बाघ निकुञ्जकै मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
आइतबार राती ९ बजेर ५ मिनेटको समयमा निकुञ्जको टोलीले बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको उनले बताए ।शुक्रबार बिहान निकुञ्जबाट आएको बाघले राप्ती नगरपालिका बस्ने ४३ बर्षीय हरि पौडेलको ज्यान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस