साताको पहिलो दिन नेप्से परिसूचक ४७.७५ अंकले बढ्यो
मङ्सिर १०, तातोखबर / साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
अन्तिम कारोबार दिन १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँ पुगेको छ । आज २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य क्रमशः २२० रूपैयाँ ४३७ रूपैयाँ ८० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस