भूकम्प प्रभावित क्षेत्रका सार्वजनिक संरचना प्रदेश सरकारले बनाउने

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रका सरकारी तथा सार्वजनिक संरचना कर्णाली प्रदेश सरकारले बनाउने भएको छ ।

भूकम्पबाट सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जानकारी दिए ।

Advertisement:

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको लामीडाँडा केन्द्रविन्दु बनाएको गएको शक्तिशाली भूकम्पबाट ११ जिल्ला प्रभावित बनेको छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोट र रुकुम पश्चिममा क्षति पुर्याएको छ ।

भूकम्पले जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालिकोटमा दुई वटा गरी कर्णालीका ५४ वटा प्रहरी भवनमा क्षति पुगेको छ ।

यस्तै, कर्णालीभरमा तीन सयभन्दा बढी विद्यालय भत्किएको पाइएको छ । सङ्घ र प्रदेश सरकारका प्राविधिक विद्यालयको अवस्थाबारे तथ्याङ आइनसकेको सामाजिक विकास कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी, स्वास्थ्य संस्था र खानेपानी, सिँचाइतर्फको पनि तथ्याङ्कसमेत अझैँ यकिन हुन सकेको छैन । स्थानीय तह र प्रदेश सरकारले तयार गरेको तथ्याङ्क फरक परेपछि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application