चिसोबाट बच्न तसलामा बालेको आगोबाट एकै परिवारका चार जनाको मृत्यु

९ मंसिर, काठमाडौं । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको हो ।

Advertisement:

आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताएका छन् ।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

स्थानियवासीले बताए अनुसार चिसोबाट बच्न तसलामा बालेको आगोबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान भैरहेको बताएको छ ।

आगलागी हुँदा घरको एउटा कोठामा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application