आन्दोलनमा होमिन समर्थकहरुलाई दुर्गा प्रसाईंले गरे अपिल

काठमाडौं, ८ मंसिर / आन्दोलनमा होमिन आफ्ना समर्थकहरुलाई दुर्गा प्रसाईले अपिल गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कार तथा नागरिक बचाउ अभियानका लागि गत मंसिर ७ गतेबाट शुरु गरेको जनविद्रोहलाई सहयोग पु¥याउन समस्त देशभक्त नागरिकहरुसँग उनले यस्तो अपिल गरेका हुन् ।

गणतन्त्रविरोधी अभियानमा होमएिका दुर्गा प्रसाईँले अघि बढिसकेको यो अभियानलार्य सशक्त पार्न आफ्नो यो अपिल रहेको प्रष्ट पारेका छन् । आज साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जारी अपिलमा भनिएको छ ‘नेपाल सरकारले गणतन्त्रका नाममा देखाएको बर्वरता र नागरिक दमनको घोर विरोध र निन्दा गर्दै देशभरीका ७७ वटै जिल्लाहरुमा आजैदेखि एक साथ आन्दोलन शुरु गर्नुहुन र काठमाडौं उपत्यकालगायत सबै जिल्लाहरुमा आ–आफ्ना ब्यपार, ब्यवसाय, उद्योग कलकारखाना, सवारीसाधनाहरुलाई थन्क्याएर आन्दोलनमा सरिक हुनुहुन हार्दिक अपिल गर्दछौं ।’

Advertisement:

पत्रकार सम्मेलनलाई सहभागी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै अभियान्ता प्रसाईले अन्यायपूर्ण दमन र बर्बरताले जन्माउने जिकिर गरे । नेपाल सरकारले प्रहरी प्रशासन लगाएर जुन किसिमको बर्बरता अपाउदैछ, त्यहि बर्बरताले गर्दा आफुहरुको आन्दोलन झन् फराकिलो, बलियो र विस्तारित हुदै गएको बताए ।

अभियान्ता दुर्गा प्रसाईद्वारा आम राष्ट्रवादी सङ्घ संस्थासहित समस्त देशभक्त नागरिकहरुका नाममा गरिएको अपिलमा भनिएको ‘हामीले हिजो मंसिर ७ गतेदेखि शुरु गरेको शान्तिपूर्ण आन्दोलनमा लाखौं नागरिकहरुको स्व.स्फूर्त साथ र सहयोग प्राप्त भएको देखेर नेपाली जनताको रगत र पसिनामा होली खेलेर रमाई रहेका केही भ्रष्ट र तस्कारका नाईकेहरुको मुटु हल्लिएको हुँदा प्रहरी प्रशासन लगाएर हाम्रो आन्दोलनलाई निष्तेज बनाउन प्रदर्शनमा उपस्थित सर्वसाधारण नागरिकहरु माथी लाठी, अश्रु ग्यास, रबरको गोलीलगायत पानीको फोहोरा हानेर बर्बर दमन गरिएको र सयौं नागरिकहरुलाई घाईते बनाईएको छ भने आज हाम्रो आन्दोलनलाई साथ र समर्थन गर्दै आएको शाही शक्ति युवा संघका अध्यक्ष पशुपति खड्कालगायतका सयौं नागरिकहरुलाई गिरफ्तार गरिएको घटनाप्रति घोर आपत्ति र निन्दा गर्दै यथाशिघ्र विनाशर्त रिहाई गर्न समेत जोडदार माग गर्दछौं ।’

अभियान्ता प्रसाईँले आज सोही पत्रकार सम्मेलनमार्फत भोलि साढे ११ बजे भेला भएर प्रदर्शन गर्ने उद्घोष समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application