मकवानपुरमा डेंगु संक्रमितको संख्या घट्दै

मकवानपुर – मकवानपुरमा पछिल्लो समय डेंगु संक्रमितको संख्या घट्दो छ । गत साउनदेखि सुरु भएको डेंगु संक्रमण कार्तिकदेखि घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा गत साउन १ गतेदेखि हालसम्म ७ सय ६६ जनामा डेंगु पुष्टि भएको छ । कार्यालयले दैनिक पठाउने तथ्याङ्कअनुसार जिल्लामा ३९२ जना पुरुष र ३७४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार एक जनामा संक्रमण पुष्टि भएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै हेटौंडामा डेंगु संक्रमितको संख्या ५ ३० जना पुगेको छ ।
यसैगरी, डेंगु संक्रमण पुष्टि हुनेमा थाहा नगरपालिकाका ३, मकवानपुरगढी गाउँपालिकाका २०, बागमती गाउँपालिकाका २४, मनहरी गाउँपालिकाका ६८, इन्द्रसरोवर गाउँपालिकाका ४, भीमफेदी गाउँपालिकाका ३७, बकैया गाउँपालिकाका २५ र राक्सिराङ गाउँपालिकाका २ जना रहेका छन् ।
यसैगरी, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको छ भने डेंगु संक्रमणका कारण मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु