सुरक्षाकर्मीको घेराउँमा परेका दुर्गा प्रसाईले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं, ८ मंसिर / आफ्नै निवासमा सुरक्षाकर्मीको घेराउमा परेका दुर्गा प्रशाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । जनविद्रोहको नाम दिएर आन्दोलनमा उत्रिएका उनले भक्तपुरस्थित आफ्नै निवासमा सुरक्षाकर्मीद्वारा घेराउमा परेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति एवं नागरिक बचाउ अभियानमा होमिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज सुरक्षाकर्मीले घरबाहिर निस्कन बन्देज लगाएको भन्दै प्रसाईको पक्षबाट बरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको जानकारी आमसञ्चार माध्यमहरुलाई दिईएको छ । प्राप्त जानकारी अनुसार उक्त रिटमाथी पर्सी आईतवार नै सुनुवाई हुनेछ ।
प्रसाईको शुक्रवार तिनकुनेमा विरोध प्रदर्शन गर्ने तालिका रहे पनि उक्त क्षेत्रमा प्रदर्शन गर्न स्थानीय प्रदर्शनले रोक लगाएर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । आफ्नो अभियान सञ्चालनका लागि विरोध प्रदर्शनमा शुक्रवार निस्कने तयारी गर्दै गर्दा ठूलो सङ्ख्यामा गएका सुरक्षाकर्मीले अभियान्ता दुर्गा प्रसाईको निवास घेरेका थिए । जिल्ला प्रशासन कार्यालयले प्रसाईकै सुरक्षाका लागि सुरक्षाकर्मी खटाईएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस