दोस्रो सँस्करणको एनएसएलमा मकवानपुरका ९ खेलाडीले खेल्दै

मकवानपुर । आजबाट सुरु हुने दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा मकवानपुरका ९ जना खेलाडीले खेल्ने भएका छन् ।
उक्त प्रतियोगितामा यस पटक विभिन्न क्लबबाट मकवानपुरका ९ जनाले लिग खेल्ने भएका हुन् । प्रतियोगितामा झापा एफसीबाट ५ जना, पोखरा थन्डर्सबाट ३ जनाले र इलाम एफसीबाट एक जनाले खेल्ने भएका हुन् ।
तीमध्ये ३ जना खेलाडीले दोस्रो पटक लिग खेल्न लागेका हुन् भने ६ जनाले पहिलो पटक लिग खेल्न लागेका हुन् ।
मकवानपुरका खेलाडी राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट, राष्ट्रिय फुटबल टिमका अर्का सदस्य आयुष घलान र विमल पाण्डेले एनएसएलको पहिलो सँस्करणमा विभिन्न टिमबाट लिग खेलेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने प्रतियोगितामा ९ वटा टिमले सहभागिता जाउनेछन् । जसमा विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची रहेका छन् ।
तीमध्ये झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड नयाँ टिम हो । अन्य टिमले भने पहिलो सँस्करणमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस