खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

जुम्ला – जुम्लामा खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।
जंगलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर बुधबार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।
कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताए।
प्रहरीका अनुसार जंगलको माथिबाट अचानक खसेको ढुंगा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस