टिकटकमाथि बन्देज लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं – टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई नहुने भएको छ । उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको हो ।
टिकटक बन्देज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको थियो । सो रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर, उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।
सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास रहेकोले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतले जनाएको छ ।
सरकारको गत कात्तिक २७ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस