स्काईभेटर जलेर नष्ट, १ करोड बराबरको धनमाल नष्ट
काठमाडौ – सोलुखुम्बुमा थुलुङ दुधकोशी गाउँपालिका–५ लिखुमा स्काईभेटरमा आगलागी हुँदा जलेर पूर्णरूपमा नष्ट भएको छ ।
स्थानीय प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको नम्बर नखुलेको स्काईभेटरमा आगलागी हुँदा पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ ।
प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिएर सोही गाउँपालिका–४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेकोमा हाल ७र८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

